बिहीबार, वैशाख १३, २०८१
11:28 | १६:१३

संविधान संशोधन नेपाल राजपत्रमा

रासस जुन १९, २०२०

काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ ।  

संघीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन् । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ । 

नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ । 

यो संशोधनपछि भारतबाट अतिक्रमित नेपाली भूमीसहितको नक्सा नेपालको आधिकारिक निशान छापमा समावेश भएको छ ।

संविधान संशोधनको  प्रस्तावलाई प्रतिनिधिसभाले गत जेठ ३१ र राष्ट्रियसभाले यही असार ४ दुई तिहाइ बहुमतले पारित गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू