बुधबार, वैशाख १२, २०८१
07:23 | १२:०८

भारतमा कोरोनाबाट एक दिनमै १४ हजार भन्दा बढी संक्रमित

भारतमा कुल सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख ८१ हजार पुगेको छ ।

नेपाली लिङ्क जुन १९, २०२०

 

कोरोना भाइरस (कोभीड १९) को संक्रमण हुनेको संख्या भारतमा एकै दिनमा १४ हजार नाघेको छ । भारतमा कुल सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख ८१ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतको नयाँ दिल्ली, महाराष्ट्र र उत्तरप्रदेशमा सबैभन्दा बढी सङ्क्रमित पुष्टि भएको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार महाराष्ट्रमा पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ५२ जना नयाँ सङ्क्रमित भएका छन्  । राजधानी नयाँ दिल्लीमा दुई हजार ८ सय ७७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

भारतमा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या दुई लाख पार हुँदा एकै दिन १४ हजार ५२ नयाँ सङ्क्रमित पनि थपिएका हुन् ।

कोरोना सङ्क्रमणबाट भारतमा १२ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको वर्ल्डओमिटरले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू