बुधबार, वैशाख १२, २०८१
02:18 | ०७:०३

भारतीय सेनातर्फ कुनै क्षति नभएको भारतको दावी

नेपाली लिङ्क जुन १८, २०२०

नयां दिल्लीस्थित चिनिया दूतावास नजिक भएको चीन विरोधी प्रदर्शन । तस्बिर एएफपी

नयांदिल्ली । भारतीय सेना र चिनियां सेनाका बीचमा भएको भनिएको भिडन्तका क्रममा भारतीय सेनातर्फ कुनै क्षति नभएको भारतीय सेनाले जनाएको छ ।

केही दिन अगाडि भएको भनिएको भिडन्तका क्रममा केही भारतीय सैनिकहरुको मृत्यु भएको भनिएको विषयमा भारतीय सेनाले बिहीबार स्पष्ट पार्दै आफ्नोतर्फ कुनै क्षति नभएको जानकारी दिएको हो ।

यही जुन १५ र १६ तारिखमा लदाखको गाल्वान उपत्यकामा दुई देशका सैनिकहरुबीच भिडन्त भएको र भारततर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको समाचार आएको थियो ।

भारतीय सेनाद्वारा जारी वक्तव्यमा लेखिएको छ, “न्युयोर्क टाइम्सले यही जुन १७ तारिखका दिन चीन र भारतबीचमा झडप भएको र केही भारतीय सैनिकहरुको मृत्यु भएको भनेर समाचार लेखेपनि भारतीय सेनामा कुनै क्षति नभएको स्पष्ट पार्न 
चाहन्छौं ।”

समाचारमा झडपका क्रममा कर्णेल तहका सैन्य अधिकारीसहित भारतीय सैनिकतर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको उल्लेख गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू