शुक्रबार, चैत १६, २०८०
08:14 | १३:५९

कोरोनाबाट ज्यान गुमाउने साढे ४ लाख नाघे

रासस-एएफपी जुन १८, २०२०

जेनेभा ।  कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५१ हजार ४३९ पुगेको छ । साथै  विश्वभर ८४ लाख ७ हजार ३७३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

बिहीबारसम्म कोरोना भाइरस संक्रमित भएका ४४ लाख १७ हजार ५०९ जना निको भएका छन् ।  हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३५ लाख ३८ हजार ४२५ व्यक्ति उपचाररत छन् । उनीहरुमा ५४ हजार ४५० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख  ३४ हजार ४७५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । अमेरिकामा १ लाख १९ हजार ९४१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १५ लाख ५४ हजार ९८१ जना कोरोना भाइरस संक्रमति छन् । त्यहाँ ६५ हजार ८८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख ७९ हजार २१७ जना कोरोना भाइरस संक्रमति छन् र १ लाख ४९ हजार ५७५ जनाको मृत्यु भएको छ । 

युरोपमा २२ लाख ५२ हजार ४११ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ८४ हजार ६५९ को मृत्यु भएको छ । एसियामा १७ लाख ४० हजार ३७८ जनामा कोरोना भाइरस संक्रमण भएको छ र  ४४ हजार  ७३० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ७० हजार ६६० जनामा कोरोना भाइरस संक्रमण छ भने ७ हजार २४९ जनाको मृत्यु भएको छ ।  ओसियानामा ८ हजार ५ जनामा संक्रमण हुनाको साथै  १२४ जनाको मृत्यु भएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू