शुक्रबार, चैत १६, २०८०
01:10 | ०६:५५

विश्वमा कोरोनाबाट चार लाख ४६ हजार भन्दा बढीको मृत्यु

विश्वभर ८२ लाख ८२ हजार ५ सय ४६ जना कोरोना संक्रमित

रासस /एफएफपी जुन १७, २०२०

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या चार लाख ४६ हजार ५०७ पुगेको छ । साथै कोरोना संक्रमणबाट विश्वभर ८२ लाख ८२ हजार ५ सय ४६ जना संक्रमित भएका वर्ल्डओमिटरले जानकारी दिएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ४३ लाख ३७ हजार ८ सय ८१ जना निको भएका छन् । हाल विश्वभर कोरोना भाइरस संक्रमित करिब ३५ लाख व्यक्ति उपचाररत छन् । संक्रमितहरुमा ५४ हजार ६ सय ३२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ८ हजार ४ सय जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १९ हजार १ सय ३२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १५ लाख १४ हजार ४९८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६३ हजार २ सय ९० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख ४५ हजार २ सय ३१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ८ सय ९५ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख ३५ हजार ९ सय ७० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने एक लाख ८३ हजार ९ सय ९८ को मृत्यु भएको छ । एसियामा १६ लाख ९८ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४३ हजार ८ सय १२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ६१ हजार ९ सय ३९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ४६ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९ सय ८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू