मंगलबार, वैशाख ११, २०८१
13:16 | १८:०१

भारतमा कोरोनाबाट एक दिनमा दुई हजार बढीको मृत्यु

२४ घण्टामा मृत्यु भएकाको सङ्ख्या २ हजार ३

रासस /एनएनआई जुन १७, २०२०

नयाँ दिल्ली  भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरूको सङ्ख्या एक्कासी बढेको अघिल्ला दिनहरूमा मृत्यु हुनेको विवरण सयको सङ्ख्यामा आउने गरेकोमा बुधबार चार अक्षरमा आएको हो

भारतका स्वास्थ्य अधिकारीहरूले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाको सङ्ख्या हजार रहेको पछिल्लो केही दिनमा मृत्यु भएपनि कोरोनाको पुष्टिपछि मात्रै भएकोले नयाँ दिल्लीसहित अन्य राज्यका छुटेका मृतकको सङ्ख्या थप गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको

अघिल्लो दिन मङ्गलबार बिहान उक्त मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ३८० जनाको मृत्यु भएको थियो योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या ११ हजार ९०३ पुगेको

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ५४ हजार ६५ पुगेको अधिकारीहरूले जनाएका छन्

स्वास्थ्य अधिकारीहरूका अनुसार भारतमा अहिले पनि एक लाख ५५ हजार २२७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु एक लाख ८६ हजार ३९५ जना सङ्क्रमणमुक्त भएका छन् भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसका कारण मृतकको सङ्ख्या एक्कासी बढेकोप्रति चिन्ता व्यक्त गरेको

भारतमा प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् यस प्रदेशमा अहिलेसम्म एक लाख १३ हजार ४४५ जना सङ्क्रमित भएको अधिकारीहरूले जनाएका छन् तीमध्ये कुल ५० हजार ५७ जना अझै सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ५७ हजार ८५१ जना सङ्क्रमणमुक्त भइसकेका छन्

त्यसैगरी, दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ४८ हजार १९ जना रहेका छन् राजधानी रहेको दिल्ली प्रदेशमा ४४ हजार ६८८ जना सङ्क्रमित भएका छन्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू