बिहीबार, वैशाख १३, २०८१
00:08 | ०४:५३

कोरोना भाइरसबाट विश्वमा चार लाख ३९ हजारभन्दा बढीको मृत्यु

विश्वभर ८१ लाख १८ हजार ९०४ जना सङ्क्रमित

रासस जुन १६, २०२०

जेनेभा, स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ३९ हजार २०४ पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर ८१ लाख १८ हजार ९०४ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ४२ लाख ३१ हजार ६४८ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित ३४ लाख ४८ हजार ५६ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५४ हजार ५६८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ८२ हजार ९५० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख १८ हजार २८३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १४ं लाख ६३ हजार १६० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ६१ हजार ५६२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख १२ हजार ३४१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ४६ हजार २१९ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख २० हजार ९० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ८३ हजार २१५ को मृत्यु भएको छ । एसियामा १६ लाख ५९ हजार ४२२ जनामा कोरोना भाइरस सङ्क्रमित रहेको छ भने, ४१ हजार २७६ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ५४ हजार २१४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ६ हजार ७९३ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू