शुक्रबार, मंसिर २१, २०८१
17:50 | २३:३५

अलपत्र श्रमिकबारे एनआरएनएले बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र

नेपाली लिङ्क जुन १५, २०२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमबार एक पत्रमार्फत सरकारलाई विदेशमा अलपत्र परेका श्रमिकहरुको तत्काल उद्धारको लागि आग्रह गरेका छन् ।

संघले उपप्रधानमन्त्री तथा अध्यक्ष, नोवल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादव र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई लेखेको पत्रमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार प्रक्रियालाई थप तीव्रता दिन आग्रह गरिएको छ ।

विदेशमा अलपत्र परेका व्यक्तिहरुको उद्धारको लागि सरकारको तर्फबाट चाल्नुपर्ने कदमको बारेमा संघले बुँदागत रुपमा सुझाव दिएको छ ।

संघले चार्टर उडान गर्ने व्यवहारिक र सहज व्यवस्था मिलाउन, कामदारहरु पनि विदेश फर्कने बाटो खोल्न, खर्चविहिन भएका विद्यार्थीहरुलाई सरकारी खर्चमा तुरुन्त उद्धार गर्न, देशमा होल्डिंग सेन्टरको प्रबन्ध मिलाउन, सेल्टरमा कुरिरहेका मजदुरहरुलाई नेपाल फर्कने स्वीकृति प्रदान गर्न, सयौंको संख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्पराअनुसार दाहसंस्कारका लागि परिवारलाई हस्तान्तरण गर्न, अलपत्र परेका कामदारहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट मार्फत सहयोग गर्न ठोस कदम चाल्न आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू