शनिबार, वैशाख ८, २०८१
23:57 | ०४:४२

कोरोनाबाट विश्वमा ४ लाख ३५ हजार बढीको मृत्यु

रासस-एएफपी जुन १५, २०२०

जेनेभा । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३५ हजार ६८१ पुगेको छ । साथै विश्वभर ७९ लाख ९७ हजार ६०९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

सोमबारसम्म कोरोना भाइरसबाट संक्रमित ४१ लाख २९ हजार ३०९ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ३२ हजार ६१९ व्यक्ति उपचाररत छन् । जसमध्ये ५४ हजार ४६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस संक्रमणको कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्र २१ लाख ६२ हजार २२८ जना कोरोना भाइरसका संक्रमित भएका छन् । अमेरिकामा कोरोनाबाट १ लाख १७ हजार ८५८ जनाको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १४ लाख २६ हजार ३८७ जना कोरोना भाइरस संक्रमति भएका छन् । जहाँ ६० हजार ४८४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख ८६ हजार ४८३ जना कोरोना भाइरस संक्रमति छन् भने १ लाख ४५ हजार ७७२ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख ६ हजार ५११ जना कोरोना भाइरस संक्रमित छन् र १ लाख ८२ हजार ८८१ को मृत्यु भएको छ । एसियामा १६ लाख २२ हजार ७९९ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने ४० हजार ३५१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ४५ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण हुनाका साथै ६ हजार ५५४ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण र १२४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू