बिहीबार, चैत १५, २०८०
15:50 | २१:३५

कोरोना अपडेटः विश्वभर संक्रमित ७९ लाख पुगे, मृतक ४ लाख ३२ हजार

रासस–एएफपी जुन १४, २०२०

वासिङ्टन ।  महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ३२ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार २२९ जनाको ज्यान गएको छ । 

हालसम्म कोरोनाबाट सबैभन्दा बढी मानिसको मृत्‍यु हुने देशमा अमेरिका एक नम्बरमा छ । त्यसपछि धेरै मृत्‍यु हुनेको सूचीमा ब्राजिल, बेलायत, इटली, फ्रान्स र स्पेन छन्   

संक्रमणका हिसाबले पनि सबैभन्दा बढी प्रभावित अमेरिका छ जहाँ २१ लाख बढी मानिस संक्रमित छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू