शनिबार, साउन १२, २०८१
06:44 | ११:२९

‘सोसल गिफ्टिङ’ सुविधा ल्याउँदै सगुन

गोविन्द गिरी

नेपाली लिङ्क जुन १२, २०२०

सगुनका संस्थापक गोविन्द गिरी

यदि कसैले एक सोसल मेडिया एपमार्फत आफ्ना प्रियजनलाई गिफ्ट बांडेर उल्टो आफू पनि पैसा कमाउन सकिन्छ भन्यो भने तपाईंलाई कस्तो लाग्नेछ ? पक्कै आश्चर्यजक । तर, अब छिट्टै सगुन मार्फत उक्त सेवा आउनेछ ।

विश्वमा बढ्दो समाजिक सञ्जालको प्रयोगलाई उत्पादशील बनाउने अवधारण सहित सगुनले उक्त सेवा विकास गरेको हो ।

प्रायजसो समाजिक सञ्जालको प्रयोगले मानिसहरुबीच ईष्र्या र नकारात्मक भावना मात्र फैलाउने भएकाले 
सगुनका संस्थापक गोविन्द गिरीले आफन्त तथा साथीभाइबीच सुमधुर र अर्थपूर्ण सम्बन्ध कायम गर्न सगुन कल्पना गरेका थिए ।

यसै बीचमा उनले आफ्नै जीवनका अनुभवलाई समेटी सगुनमा ‘गिफ्टिङ’ को सुविधा पनि ल्याउने भएका छन् ।

अमेरिकामा धेरै व्यक्तिहरुले गिफ्ट कार्ड खरिद गर्ने र बांड्ने चलन छ । हामी आफैं पनि त्यस्ता गिफ्ट कार्ड खरिद गरी आफूलाई नचाहिने हुंदा अरुलाई दिने गछौं ।

उत्तर अमेरिकामा यसलाई गिफ्ट सर्टिफिकेट, वा गिफ्ट भौचर वा गिफ्ट टोकन पनि भनिन्छ । गिफ्ट कार्ड नगदको विकल्पका रूपमा प्रयोग गर्ने गरिन्छ जुन प्राय बैंक र रिटेल पसलहरुले बांड्ने गर्छन् ।

गिफ्ट कार्डहरू अमेरिकामा व्यवसायीहरुले ग्राहकलाई आफ्नो पसलमा आकर्षित गर्न प्रयोग गर्छन् । अमेरिकी एक्सप्रेस, मास्टरकार्ड र भिसाले जेनेरिक गिफ्ट कार्ड प्रदान गर्दछ । जुन कुनै पनि पसलमा ‘रिडिम’ गर्न सकिन्छ र क्यासब्याक मार्केटिङ रणनीतिहरूका लागि व्यापक रूपमा प्रयोग गरिन्छ ।

प्राय गिफ्ट कार्डहरू कहिलेसम्म प्रयोग गर्न मिल्ने भनेर म्याद तोकिएको हुन्छ जसभित्र उक्त कार्ड प्रयोग नगरे त्यसको कुनै मुल्य रहंदैन् । खरिदकर्ताको दृष्टिकोणबाट गिफ्टकार्ड एकदमै राम्रो उपहार हो ।

संयुक्तराज्य अमेरिकामा गिफ्ट कार्ड अत्याधिक लोकप्रिय छ । किनकि नगद वा केही चिज उपहार दिनुको सट्टा गिफ्टकार्ड दिए गिफ्ट पाउने पनि खुशी र गिफ्ट दिने पनि खुशी ।

सन् २०१६ मा मात्र अमेरिकामा लगभग ८० अर्ब डलरको गिफ्ट कार्ड खरिद भएका थिए । धेरैजसो गिफ्ट कार्डहरु प्रयोग नै नगरि काम नलाग्ने हुन्छन् । त्यसै कारण यसरी गिफ्ट कार्ड खेर फाल्नुको सट्टा त्यसलाई डिजिटाइज गरेर एकै ठाउंमा राखिन्छ ।

बांड्न मिल्ने सुविधा लिएर आए राम्रो हुने भएकाले सगुनलाई सोसल स्मार्ट कार्डमार्फत एक गिफ्टिङ सोसल मिडियाका रुपमा विकास गर्ने योजनामा संस्थापकहरु लागिपरेका छन् ।

दक्षिण एसियामा गिफ्टिङ बजार विशाल छ जुन सगुनको सोसल स्मार्ट कार्डका साथ प्रयोग गर्न सकिन्छ । सगुनको सोसल स्मार्ट कार्ड प्रयोगकर्ताहरूको सबै किनमेल र उपहारका आवश्यकता पुरा गर्ने डिजिटल कार्ड हो ।

यो सगुन प्रयोगकर्तालाई पैसा कमाउन, गिफ्ट कूपन प्रयोग गर्न र आफ्ना प्रियजनहरुलाई उपहार दिन प्रयोग हुनेछ ।

धेरै गिफट कार्ड राख्नुभन्दा एउटै स्मार्ट कार्ड राखेर सगुनका प्रयोगकर्ताले आधिकारिक साझेदारहरुबाट फाइदा लिन सक्नेछन् । सगुनमार्फत यत्तिकै खेर जाने गिफ्ट कार्डहरू उपहारको रूपमा प्रयोग गर्न सकिन्छ ।

सगुनले उपहार दिनेलाई क्यासब्याक दिनेछ जसले गर्दा गिफ्ट दिने र पाउने दुवैका लागि एक ‘वीन-वीन’ अवस्था बनाउंछ ।

सगुनले आफ्नो सोसियल स्मार्ट कार्डलाई अब चांडै प्रयोगमा लिएर आउने भएको छ । सगुनमा प्रोफाइल बनाउंदा र सगुनमा आवद्ध भएपछि सगुन प्रयोगकर्ताले निशुल्क रुपमा स्मार्ट कार्ड पाउंछन् ।

उक्त स्मार्ट कार्ड पाएपछि सगुनमा खाता भएका प्रयोगकर्ताहरुले आफ्नो साथीभाई वा परिवारलाई उपहार र गिफ्ट कार्ड खरिद गरेर दिनसक्ने अवधारणा पनि छ ।

सबै सगुन स्मार्ट कार्ड प्रयोगकर्ताहरुले आफूले किनेको वस्तुमा निश्चित प्रतिशत रकम फिर्ता पाउने गरी व्यवस्था गर्ने योजना लिइएको छ ।

सगुनले यस्ता नयां परिवर्तनमार्फत सोसल मिडिया क्षेत्रमा नयां उर्जा र जोश दिएको छ । यी नयां फिचरहरुका साथ सगुन निश्चित रूपले सम्पूर्ण सोसल मिडियाको क्षेत्रमा अब्बल बनेर निस्किने देखिन्छ । लगानीकर्ताहरू आउंदो दिनमा सगुनको सफलताबारे निश्चित देखिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू