शुक्रबार, वैशाख १४, २०८१
01:58 | ०६:४३

ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

एजेन्सी जुन १२, २०२०

ब्राजिल ।  पछिल्लो समयमा कोरोना भाइरस (कोभिड १९) महामारीको चपेटामा ब्राजिल परेको छ । 

विश्वभर कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने मुलुकहरुमा अहिलेसम्म अमेरिकापछि  बेलायत रहँदै आएको छ । ब्राजिलको अहिलेको ट्रेन्ड हेर्ने हो भने बेलायतभन्दा ब्राजिल नै अघि जाने देखिन्छ ।

दोस्रो स्थानमा रहेको बेलायतमा हिजो बिहीबारसम्मको तथ्यांक अनुसार ४१ हजार २ सय ७९ जनाको निधन भएको छ । यसैगरी ब्राजिलमा पनि पछिल्लो तथ्याँक अनुसार ४१ हजार ५८ जनाको निधन भइसकेको छ । 

अहिलेसम्म कोरोनाले ब्राजिलमा मृत्यु हुनेको संख्या बेलायतको तुलनामा २ सय २१ जना मात्र कम छ । ब्राजिलमा गएको २४ घन्टामा ३० हजार २१४ जना नयाँ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा हालसम्म ८ लाख भन्दा बढी मानिसहरु कोरोनाबाट  संक्रमित भइसकेका छन् ।

हालसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट ४ लाख २४ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । कोरोनका कारण अमेरिकामा मात्र १ लाख १६ हजार भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू