शुक्रबार, वैशाख १४, २०८१
21:16 | ०२:०१

विश्व बैंकद्वारा नेपाललाई ५४ अर्ब ऋण स्वीकृत

रासस जुन ११, २०२०

काठमाडौँ । विश्व बैंकले नेपाल सरकारलाई ऋणस्वरुप रु ५४ अर्ब उपलब्ध गराउने भएको छ ।

सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड-१९ को महामारीपछिको आर्थिक स्थितिको पुनर्बहालीका लागि मार्गनिर्धारण गर्न तथा विशेषगरी महिलालाई रोजगारीका अवसर प्रदान गर्ने परियोजनाका निम्ति बैंकले उक्त रकम बिहीबार स्वीकृत गरेको हो ।

नागढुङ्गा-नौबिसे-मुग्लिन सडकखण्डको सुधार तथा कमला-ढल्केवर-पथलैया सडकको स्तरोन्नतिका निम्ति स्वीकृत रकमबाट नेपाल रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजनाका साथै क्षेत्रीय सडक सम्पर्क बढ्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजना भारत र अन्य मुलुकसँगको सम्पर्क तथा व्यापार बढाउन महत्वपूर्ण हुने, परियोजनाले सीमा नाकामा व्यापार अनुकूल भौतिक पूर्वाधार तथा अवरोधरहित कृषि उपजको निर्यातमा टेवा पुग्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कोभिड-१९ को महामारीलाई दृष्टिगत गरी परियोजनाअन्तर्गत सीमा नाकामा आयात-निर्यात हुने वस्तु र त्यसमा संलग्न व्यक्तिको सुदृढ परीक्षण, विशेष कार्यव्यवस्था, सुरक्षित सामाजिक दूरी र भौतिकरुपमा टाढैबाट कार्यसम्पादनको व्यवस्था गरिनेछ ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू