शुक्रबार, वैशाख १४, २०८१
17:00 | २१:४५

कोरोनाबाट विश्वमा ४ लाख १९ हजार भन्दा बढीको मृत्यु

रासस-एएफपी जुन ११, २०२०

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ५९ हजार ७१४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिइएको छ ।

बिहीबारसम्म कोरोना भाइरसका कारण बिरामी भएका ३७ लाख ७८ हजार ५ सय ३७ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ६२ हजार १६३ व्यक्ति उपचाररत छन् । संक्रमितहरुमध्ये ५३ हजार ८८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ६६ हजार ४०१ जनामा कोरोना भाइरसका संक्रमित छन् । कोरोनाका कारण अमेरिकामा १ लाख १५ हजार १३० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १२ लाख ६७ हजार ८८५ जना कोरोना भाइरस संक्रमति छन् जहाँ ५४ हजार ६४८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ६१ हजार २५२ जना कोरोना भाइरस संक्रमति छन् भने १ लाख ४० हजार ३ सय ९२ जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख ३९ हजार ७३८ जना कोरोना संक्रमित छन् र १ लाख ८० हजार ९४१ को मृत्यु भएको छ । एसियामा १४ लाख ६९ हजार १८४ जनामा कोरोना भाइरस संक्रमण छ भने ३७ हजार २०३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख १२ हजार ९२ जनामा कोरोना भाइरस संक्रमण भएको छ र ५ हजार ७१८ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८९६ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने १२४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू