शुक्रबार, वैशाख १४, २०८१
21:47 | ०२:३२

‘एनएचएस’ स्टाफलाई निरन्तर हौसला बढाउंदै ‘द २९०२९’ रेष्टुरेन्ट

नेपाली लिङ्क जुन १०, २०२०

लन्डन । बेलायतको डोरसेटस्थित नेपाली व्यवस्थापनको एसियन रेष्टुरेन्ट ‘द २९०२९’ ले महामारीका बेला आफ्नो सामाजिक उत्तरदायित्वलाई थप उजागर गरेको छ । कोरोना भाइरसका कारण आफ्नो व्यवसायमा मन्दी खेपेर भएपनि उक्त रेष्टुरेन्टले ‘कोभिड १९’ विरुद्ध अग्रमोर्चामा खटिएका एनएचएस स्टाफका लागि निशुल्क खाना व्यवस्था गर्न टुटाएन ।

कोरोना महामारीका बेला स्वास्थ्यकर्मीहरुले पुरयाएको योगदानको कदर गर्दै थप हौसला दिन रेष्टुरेन्टले मंगलबार स्थानीय वेरहाम अस्पताल र सान्डफोर्ड सर्जरीलाई निशुल्क खाना प्रदान गरयो । करिब चार दर्जन स्वास्थ्यकर्मीलाई निशुल्क खाना वितरण गरिएको रेष्टुरेन्टका म्यानेजर चेतन खरेलले जानकारी दिए ।

रेष्टुरेन्टका संचालक उत्सव विष्ट, खीमलाल खरेल र माधव पोखरेल स्वयम् उपस्थिति भएर अस्पताल तथा सर्जरीमा खाना वितरण गरेका थिए । ‘कोभिड १९ विरुद्ध अग्रमोर्चामा खटिएका एनएचएस स्टाफको लागि हामीले तेस्रो पटक निशुल्क खान वितरण गरेका हौँ’- संचालक उत्सव बिष्टले भने- ‘भावी दिनहरुमा पनि निरन्तरता दिने सोच छ ।’

खाना वितरण कार्यमा वेरहामस्थित एभेरेष्ट ट्याक्सीका भोज गुरुङले विशेष सहयोग पुर्याएका  थिए । निशुल्क खाना प्रदान गरेर आफूहरुलाई हौसला दिएकामा स्वास्थ्यकर्मीहरुले खुसी हुँदै आभार प्रकट गरेको रेष्टुरेन्टका हेड सेफ शशीधर खरेलले बताए ।

बेलायतको चर्चित पर्यटकीय स्थलहरुमध्ये एक डर्डल डोरबाट करिब ७ माइल दुरीमा अवस्थित रेष्टुरेन्टले लकडाउन सुरु भएपछि पनि ‘टेक-अवे’ सेवालाई निरन्तरता दिंदै आइरहेको छ । रेष्टुरेन्टले दश माइलभित्रका अशक्त र वृद्धवृद्धाहरुको लागि समेत निशुल्क खाना उपलब्ध गराउंदै आएको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई (२९०२९ फिट) बाट नामाकरण गरिएको उक्त रेष्टुरेन्ट सन् २०१४ बाट सञ्चालनमा आएको हो । सन् २०१७ मा यसले ‘द २९०२९’ को ब्रोडस्टन शाखा समेत विस्तार गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू