शुक्रबार, वैशाख १४, २०८१
01:27 | ०६:१२

लकडाउनले युरोपेली मुलुकमा तीस लाखलाई मृत्युबाट बचायो

रासस-एएफपी जुन १०, २०२०

लन्डन ।  युरोपका विभिन्न ११ वटा देशमा कोभिड १९ विरुद्धको महामारीमा लागू गरिएको लकडाउनबाट ठूलो संख्याका नागरिकको ज्यान बचाएको एक अध्ययनले देखाएको छ ।

ती देशले गत मार्चदेखि विद्यालय, पार्कलगायत मानिसहरु जम्मा हुने सबै स्थानमा प्रतिबन्ध लगाउनुका साथै देशव्यापी रुपमा लकडाउन गरेका थिए ।

लकडाउनले ती देशका कम्तीमा पनि ३० लाख मानिस मर्नबाट बचाएको यो अध्ययनमा देखाएको हो ।

यदि युरोपेली देशहरुले कोभिडको महामारी नियन्त्रण गर्नका लागि लकडाउन साथै विना औषधिका विभिन्न नियन्त्रणात्मक विधि नअपनाएको भए लाखौँ नागरिकको ज्यान जान सक्ने सो अनुसन्धानले बताएको छ ।

युरोपका इटाली, स्पेन र बेलायतमा कोभिड १९ को महामारीबाट सबैभन्दा ठूलो क्षति पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू