बिहीबार, चैत १५, २०८०
09:43 | १५:२८

कोरोना भाइरसबाट विश्वमा चार लाख १३ हजार बढीको मृत्यु

विश्वभर ७३ लाख २५ हजार ८३९ जना सङ्क्रमित

रासस-एएफपी जुन १०, २०२०

जेनेभा, स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७३ लाख २५ हजार ८३९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख ६ हजार ९० जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ६ हजार ३४६ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ४५ हजार ७१५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १४ हजार १५१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १२ लाख १९ हजार ७२३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५२ हजार ८५७ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा २३ लाख ३३ हजार ६४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३८ हजार ५७३ जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख २५ हजार २३० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८० हजार २०८ को मृत्यु भएको छ ।

एसियामा १४ लाख ३२ हजार ३२७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३६ हजार ४१५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ५ हजार ८८९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ५६८ जनाको मृत्यु भएको छ ।

ओसियानामा ८ हजार ८८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू