शुक्रबार, वैशाख ७, २०८१
11:13 | १५:५८

चितवनमा कोरोना संक्रमित ६८ वर्षीय व्यक्तिको निधन

नेपाली लिङ्क जुन ९, २०२०


चितवन । भरतपुर महानगरपालिका ११ सामनाटोलका एक ६८ वर्षीय व्यक्तिको भरतपुर अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।

सोमबार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएका मृतक नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका थिए । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पतालमा सारिएको थियो ।

लामो समयदेखि मुटु रोगका बिरामी उनलाई निमोनियाको लक्षण देखिएपछि सोमबार कोरोना परीक्षण गरिएको थियो । चितवन जिल्लामा कोरोनाको संक्रमणबाट मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् । उनको शव अहिले भरतपुर अस्पतालमा नै राखिएको छ ।

मृतकका परिवार र उनले भेटेका मानिसको सम्भाव्य ‘ट्रेसिङ’ गर्ने काम र उनीहरूको स्वास्थ्य परीक्षण गर्ने काम शुरु भइसकेको अस्पतालले बताएको छ ।

सोमबार मात्रै चितवनको कोभिड-१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएकामध्ये ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि हुनेमध्येमा २३ जना चितवनका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू