शुक्रबार, चैत १६, २०८०
15:18 | २१:०३

कोरोनाबाट विश्वमा ४ लाखभन्दा बढीको मृत्यु

७० लाखभन्दा बढी संक्रमित

रासस-एएफपी जुन ८, २०२०


जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६ हजार २०७ पुगेको छ ।

साथै यस संक्रमणबाट विश्वभर ७० लाख ९२ हजार ९१९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिइएको छ । 

सोमबारसम्म कोरोना भाइरसका कारण बिरामी भएका ३४ लाख ६२ हजार १८५ जना निको भएका छन् । हाल विश्वभर कोरोना भाइरस संक्रमित ३२ लाख २४ हजार ५२७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ७४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बर अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ७ हजार ४४९ जना कोरोना भाइरसका संक्रमित छन् । कोरोनाले अमेरिकामा १ लाख १२ हजार ४६९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ११ लाख ४६ हजार ७५५ जना कोरोना भाइरस संक्रमति  छन् । जहाँ ५१ हजार ४६ जनाको मृत्यु भएको छ । 

उत्तर अमेरिकामा २२ लाख ८२ हजार ६६३ जना कोरोना भाइरस संक्रमति छन् भने १ लाख ३५ हजार ७५८ जनाको मृत्यु भएको छ । 

युरोपमा २० लाख ९४ हजार ३२४ जना कोरोना भाइरस संक्रमित हुनाको साथै १ लाख ७८ हजार ९४३ को मृत्यु भएको छ । 

एसियामा १३ लाख ६७ हजार ४६३ जनामा संक्रमण र ३५ हजार १०६ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ९२ हजार ११८ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने ५ हजार २१५ जनाको मृत्यु भएको छ ।  

ओसियानामा ८ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमणका साथै १२४ जनाको मृत्यु भएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू