बिहीबार, वैशाख ६, २०८१
01:07 | ०५:५२

दक्षिण एसियामा व्यापक फैलंदै कोभिड–१९

रासस-एएफपी जुन ७, २०२०


पेरिस, २५ जेठ- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ ।

दक्षिण एसियाली मुलुकमध्ये भारत सबैभन्दा बढी प्रभावित देखिएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ५३ हजार ३२९ भन्दा बढी छ भने पांच हजार ९ सय ८८ जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भइसकेको छ ।

सबैभन्दा कम प्रभावित दक्षिण एसियाली मुलुकमा भुटान छ । भुटानमा आइतबारसम्म ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहां हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन् ।

दक्षिण एशियामा दोस्रो बढी प्रभावित मुलुक पाकिस्तानमा कोरोना सङ्क्रमितको संख्या ९८ हजार ९ सय ४३ पुगेको छ भने दुई हजार २ जनाले ज्यान गुमाएका छन् ।

बंगलादेशको अवस्था पनि डरलाग्दो छ । बङ्गलादेशमा ६५ हजार ७६९ व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ८८८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी अफगानिस्तानमा कोरोना सङ्क्रमितको संख्या २० हजार ३४२ पुगेको छ भने ३५७ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट बढी प्रभावित मुलुकको सूचीमा नेपाल छ ।

हालसम्म नेपालमा तीन हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको 
संख्या १३ पुगेको छ । यस्तै माल्दिभ्समा अहिलेसम्म एक हजार ९०१ जनामा कोरोना देखिंदा ८ जनाको मृत्यु भएको छ ।

श्रीलंकामा एक हजार ८१९ सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू