शुक्रबार, चैत १६, २०८०
20:06 | ०१:५१

विश्वभर कोभिड–१९ बाट चार लाख बढीको मृत्यु

रासस/एएनआई जुन ७, २०२०

रुसको सेन्ट्रल मस्कोमा डिसइन्फेक्टेन्ट छरिंदै । रूसमा चार लाख ६७ हजार ७३ जना व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तस्बिर- सिन्हवा

मेरिल्याण्ड, संयुक्त राज्य अमेरिका, २५ जेठ- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण आइतबारसम्ममा विश्वभर चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ६९ लाख १६ हजार २३३ जना सङ्क्रमित भएका छन् ।

जोन अकिन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरण अनुसार विश्वभर चार लाख दुई हजार ६९४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी एक लाख नौ हजार ८०२ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने १९ लाख २० हजारभन्दा बढी सङ्क्रमित रहेका छन् ।

सङ्क्रमणका हिसाबले दोस्रो धेरै सङ्क्रमित ब्राजिलमा छ लाख ७२ हजार ८४६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा आइतबारसम्म कोभिड–१९ सङ्क्रमितको संख्या ३५ हजार ९३० पुगेको बताइएको छ ।

त्यसैगरी रूसमा चार लाख ६७ हजार ७३ र बेलायतमा दुई लाख ८६ हजार व्यक्ति सङ्क्रमित भएका छन् । बेलायतमा कोभिड–१९ सङ्क्रमित ४० हजार ५४८ व्यक्तिको मृत्यु भएको छ । अहिलेसम्म कोभिड–१९ सङ्क्रमित दोस्रो धेरै व्यक्तिको मृत्यु हुने मुलुक बेलायत भएको छ । रूसमा सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि मृत्यु दर अन्य ठूला देशको तुलनामा निकै कम देखिएको छ अर्थात् पांच हजार ८५९ व्यक्तिको मृत्यु भएको छ ।

यसैबीच कोरोना सङ्क्रमित व्यक्तिको संख्याका आधारमा भारत बढी प्रभावित मुलुकहरू इटाली र स्पेनभन्दा अघि आएको छ । भारतमा आइतबारसम्म दुई लाख ४७ हजार ६७८ व्यक्ति सङ्क्रमित भेटिएका छन् भने करिब १० हजार व्यक्तिको मृत्यु भएको छ ।

भारत कोरोनाभाइरस प्रभावित मुलुकहरूको सूचीमा पांचौं स्थानमा पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू