बिहीबार, वैशाख १३, २०८१
14:42 | १९:२७

कुकुरले लखेटेर भाग्दा इनारमा फसेका बेलायतीको छ दिनपछि उद्धार

रासस-एएफपी जुन ७, २०२०

 

बाली । इन्डोनेसियाको बालीमा कुकुरले लखेटेर भाग्ने क्रममा इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि सकुशल उद्धार गरिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् ।

२९ वर्षीय याकोब रोवट्र्सलाई चार मिटर गहिरो इनारका लागि खनिएको खाल्डोमा फसेको अवस्थामा एक स्थानीय किसानले देखेपछि उद्धारका लागि गाउंलेलाई खबर गरेका थिए ।

गाईलाई घांस दिन जांदा एक विदेशीले सहयोगका लागि याचना गरेको सुनेका किसानले गाउंले र प्रहरीलाई घटनाबारे जानकारी गराएपछि रोवट्र्सको उद्धारगर्न उद्धार टोली त्यहां पुगेको उद्धार टोलीका प्रमुख गेडे दर्मादाले एएफपीलाई बताए ।

भाग्ने क्रममा खाली इनारमा खस्दा रोबट्र्सको खुट्टा भांचिएको बताइएको छ । रोबट्र्सले इन्डोनेसियाली अधिकारीसंग गाउंबाट आएको एउटा कुकुरले धपाएपछि कुकुरलाई छलेर भाग्ने क्रममा इनारमा खसेको बताएका छन् ।

“शनिबार इनारबाट निकाल्दा रोबट्र्स निकै थकित, दुब्लो र घाइते देखिएका छन्”- साउथ कुटाको प्रहरी प्रमुख युसाक अगस्टिनस सुआईले बेलायती नागरिकको उद्धारपछिको दृष्य वर्णन गर्दै भने ।

रोबट्र्सलाई उद्धारपछि उपचारका लागि नजिकैको अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू