शुक्रबार, वैशाख १४, २०८१
06:58 | ११:४३

कोरोनाबाट विश्वभर करिब ४ लाखको मृत्यु

रासस -एएफपी जुन ६, २०२०

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २ सय ६० पुगेको छ । त्यस्तै, संक्रमितको संख्या ६८ लाख ५१ हजार ७ सय १७ पुगेको विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले जानकारी दिएको छ ।

शनिबार मध्याह्नसम्म कोरोना भाइरसको कारण बिरामी भएका ३३ लाख ५१ हजार ४ सय ६ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३१ लाख २ हजार ५१ व्यक्ति उपचाररत छन् । संक्रमितहरुमा ५३ हजार ६ सय १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख ६५ हजार ९ सय १२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाबाट अमेरिकामा १ लाख ११ हजार ३ सय ९४ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा १० लाख ७२ हजार ७ सय ९२ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ ४७ हजार ४६३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २२ लाख २९ हजार १७६ जना कोरोना भाइरस संक्रमति छन् भने १ लाख ३३ हजार ९७२ जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख ६२ हजार १ सय ६२ जना कोरोना संक्रमण हुनाका साथै १ लाख ७७ हजार ९ सय ६० जनाको मृत्यु भएको छ । एसियामा १२ लाख ९८ हजार ६६७ जनामा कोरोना भाइरस संक्रमण छ र ३३ हजार ७ सय ८४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ७९ हजार ३ सय ३७ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने ४ हजार ९ सय ४२ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८६५ जनामा संक्रमण र १ सय २४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू