बुधबार, वैशाख १२, २०८१
03:05 | ०७:५०

कोरोना संक्रमणमा भारत इटालीभन्दा अगाडि

रासस–एएनआई जुन ६, २०२०

नयाँ दिल्ली । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणमा भारतले इटालीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरुको सूचीमा छैटौ अग्रपंक्तिमा रहेको इटालीलाई उछिनेर अहिले भारत छैटौ अग्रपंक्तिमा पुगेको हो ।

भारतमा अहिले कुल संक्रमितको संख्या २ लाख ३६ हजार ६ सय ५७ पुगेको अधिकारीहरुले जनाएका छन् । इटालीमा भने अहिलेसम्म दुई लाख ३४ हजार ५ सय ३१ जना कोरोना भाइरस संक्रमित छन् ।

कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने भारतभन्दा इटलीमा अत्यधिक धेरै छ । भारतमा अहिलेसम्म ६ हजार ६ सय ४२ जनाको मृत्यु भएको छ भने इटलीमा ३३ हजार ७ सय ७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

भारतका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ८७ जना संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा २ सय ९४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

भारतमा संक्रमित भएकामध्ये १ लाख १४ हजार ७३ जना संक्रणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । देशभर संक्रमित मध्ये सवैभन्दा धेरै महाराष्ट्रमा राज्यमा छन् । त्यहाँ कुल ८० हजार २ सय २९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ४२ हजार २२४ जना अझै पनि संक्रमित अवस्थामै छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू