शनिबार, वैशाख १५, २०८१
19:52 | ००:३७

कोरोनाबाट विश्वमा ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु

६७ लाख भन्दा बढी संक्रमित

रासस-एएफपी जुन ५, २०२०


जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९३ हजार २६४ पुगेको छ । संक्रमितको संख्या ६७ लाख ५ हजार ५ सय ८८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

शुक्रबार अपराह्नसम्म कोरोना भाइरसको कारण बिरामी भएका ३२ लाख ५३ हजार २११ जना निको भएका छन् । हाल विश्वभर कोरोना भाइरस संक्रमित ३० लाख ५९ हजार १ सय १३ व्यक्ति उपचाररत छन् ।

संक्रमितहरुमा ५५ हजार ४ सय ५७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख २४ हजार १ सय ८९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाबाट अमेरिकामा १ लाख १० हजार १७९ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा १० लाख ३० हजार ६९७ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ ४६ हजार ९० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ८० हजार ८५५ जना कोरोना भाइरस संक्रमति छन् भने १ लाख ३१ हजार ९९० जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख ४५ हजार ७७१ जना कोरोना भाइरस संक्रमित रहेका छन् र १ लाख ७७ हजार ११८ को मृत्यु भएको छ । एसियामा १२ लाख ६६ हजार ५०४ जनामा कोरोना भाइरस संक्रमण छ भने ३३ हजार १४४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ७२ हजार १ सय ८३ जनामा कोरोना भाइरस संक्रमण छ र ४ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८ सय ५७ जनामा कोरोना भाइरस संक्रमण छ भने १२४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू