शुक्रबार, वैशाख १४, २०८१
23:44 | ०४:२९

रूकुम घटनामा बेपत्ता १८ वर्षीय गोविन्द शाहीको शव फेला

नेपाली लिङ्क जुन ३, २०२०

खलङ्गा । गत १० जेठमा पश्चिम रूकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका १८ वर्षीय गोविन्द शाही मृत अवस्थामा फेला परेका छन् ।

उनको शव घटनास्थल देखि करिब २० किलोमिटर टाढा भेरी नगरपालिका १३ खोदाखोला नजिक भेरी नदीको बीच भागमा आधा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताएका छन् ।

उक्त घटनासंग सम्बन्धित मृतकको संख्या ६ पुगेको छ । भेरी नगरपालिका ४ का नवराज विक, सन्जीव विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यस अघि नै फेला पारी पोष्टमार्टम पश्चात परिवारले दाहसंस्कार समेत गरिसकेका छन् ।

पीडित पक्षले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्यको खोजी भैरहेको रुकुम प्रहरीले जनाएको छ भने दुई जना अझै फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको छ ।

घटनाको छानबिन गर्न सरकारले जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले काम सुरु गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू