शुक्रबार, वैशाख १४, २०८१
12:38 | १७:२३

विश्वभर कोरोना संक्रमणबाट ३ लाख ८३ हजारको मृत्यु

नेपाली लिङ्क जुन ३, २०२०

लन्डन । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८२ हजार ९ सय १४ पुगेको छ । यसैगरी संक्रमितको संख्या ६४ लाख ७४ हजार २ सय ५ पुगेको वर्ल्डओमिटरले जानकारी दिएको छ ।

बुधबार बिहानसम्म कोरोना संक्रमण भएकामध्ये ३० लाख ८३ हजार ६ सय ५० जना निको भएका छन् । विश्वभरमा ३० लाख ६ हजार ७ सय ८० जना संक्रमितको  हाल उपचार भइरहेको छ ।

संक्रमितमध्ये ५४ हजार ५ सय १९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । वर्ल्डओमिटरका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ८१ हजार २ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ ।

हालसम्म अमेरिकामा १ लाख ८ हजार ६२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । युरोपमा २० लाख २० हजार ४ सय ७६ जना संक्रमित छन् र १ लाख ७५ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ ।

युरोपमा सबैभन्दा बढी बेलायतमा ३९ हजार ३ सय ६९ जनाको निधन भइसकेको छ । त्यस्तै,  इटालीमा ३३ हजार ५ सय ३० जना, फ्रान्समा २८ हजार ९ सय  ४० र स्पेनमा २७ हजार १ सय २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

एसियामा १२ लाख ७ हजार ४ सय ६५ जनामा कोरोना संक्रमण छ । तेस्तै एशियामा कोरोना संक्रमित ३२ हजार ३६ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ६० हजार १ सय जना संक्रमित छन् भने ४ हजार ५ सय २२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू