शनिबार, वैशाख ८, २०८१
08:38 | १३:२३

कोरोनाबाट विश्वभर ३ लाख ७७ हजार बढीको मृत्यु

करिब ६४ लाख संक्रमित

रासस-एएफपी जुन २, २०२०

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ ।  हालसम्म संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । 

मंगलबार अपराह्नसम्म कोरोना भाइरसको संक्रमण भएका २९ लाख २० हजार ८९६ जना निको भएका छन्। विश्वभरमा  हाल ३० लाख ८५ हजार १४० कोरोना भाइरस सक्रमित उपचाररत  छन् । 

संक्रमितमध्ये  ५३ हजार ७८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

‘डब्लुएचओ’ का  अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ५९ हजार ५९७ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।  कोरोनाका कारण अमेरिकामा १ लाख ६ हजार ९२७ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिणमा अमेरिकामा ९ लाख ७ हजार २२७ जना कोरोना भाइरस संक्रमति छन् । जहाँ ४१ हजार १२० को मृत्यु भएको छ । युरोपमा २० लाख ४३ हजार ५२२ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ७४ हजार ८६० को मृत्यु भएको छ । 

एसियामा ११ लाख ७० हजार ९१६ जनामा कोरोना भाइरस संक्रमण हुनाका साथै  ३१ हजार ३८० जनाको मृत्यु भएको छ ।  अफ्रिकामा १ लाख ५५ हजार ३८ जनामा संक्रमण र ४ हजार ३६९ जनाको मृत्यु भएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू