शनिबार, वैशाख ८, २०८१
06:10 | १०:५५

नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट ५८२ यात्रु हङकङ फर्किए

नेपाली लिङ्क जुन २, २०२०

नेपाल एयरलाइन्स का दुई न्यारोबडी ए-३२० तथा एक वाइडबडी ए-३३० जहाजको चार्टर्ड उडान मार्फत  ५८२ जना यात्रु हङकङ फर्किएका छन् । फर्किनेहरुमा अधिकांश नेपालीहरु रहेका छन् ।

उनीहरु नेपालमा भएको बन्दाबन्दीका कारण रोकिएका र हङकङमा बसोबास गर्ने नेपाली रहेको निगमले जनाएको छ ।

काठमाडौँ – हङकङ करिब साढे चार घण्टाको गन्तव्य रहेको र ति जहाजहरु अहिले नेपाल फर्किसकेका छन् । दुई न्यारोबडी जहाजले १५५ जना र एक वाइडबडी जहाजले २७२ जना गरी ५८२ जना यात्रुहरु हङकङ पुगेका हुन्  ।

यति धेरैको संख्यामा निगमद्वारा हङकङमा उडान भरेको यो नै पहिलो हो । नेपाल एयरलाइन्सले जुन ३, ४ र ५ तारिखमा हङकङका लागि दुई न्यारोबडी र एक वाइडबडी जहाजद्वारा थप दुई चार्टर्ड उडान गर्दैछ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) हङकङले नेपाली महावाणिज्य दूतावाससँगको पहलमा उनीहरुलाई फर्काइएको हो ।

नेपालबाट गएका हङकङवासी १४ दिन क्वारेन्टिनमा बस्नेछन् । एक महिनाअघिदेखि फर्किन चाहनेको गैरआवासीय नेपाली सङ्घ हङकङले नामावली सङ्कलन गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू