बिहीबार, चैत १५, २०८०
17:17 | २३:०२

भारतीय संगीतकार वाजिद खानको कोरोना संक्रमणबाट मृत्यु

नेपाली लिङ्क जुन १, २०२०

बलिवुड  । भारतीय फिल्म तथा संगीत उद्योगका चर्चित जोडी साजित–वाजिदका एक मुख्य पात्र अर्थात चर्चित संगीतकार वाजिद खानको कोरोना संक्रमणका कारण गएराती निधन भएको छ । गायक सोनु निगमले यस दुखद खबरको फेसबुक पोस्ट मार्फत पुष्टि गरेका छन्  ।

४२ वर्षीय खानको  दुई बर्षअघि उनको मृगौला प्रत्यारोपण गरिएको र उनलाई मृगौला सम्बन्धि समस्या रहेको बताइएको छ । घाँटीमा ईन्फेक्सन भएका कारण मुम्बइको चेम्बुरस्थित सुराना अस्पतालमा भर्ना भएका खानको खानको परिक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो भने अस्पतालको पछिल्लो रिपोर्ट भने आउन बाँकी नै छ ।

उनको निधनप्रति अक्षय कुमारले आफू दु:खी र हैरान भएको भन्दै  ट्वीट गरेका छन् । सन १९८१ मार्च १० मा जन्मेका खानको ताजा गीत ‘भाई–भाई ’एक साता अघि रिलिज भएको थियो ।

यो गीत नायक सलमान खानसंगको सहकार्यमा निर्माण गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन । वाजिद खान आफना दाई साजिद खानसंग मिलेर संगीत सृजनाको काम गर्दै आएका थिए । यो जोडीले अहिलेसम्म ९ बर्षसम्म निरन्तर संगै काम गर्ने क्रममा १६ फिल्म हिट भएका छन ।

पछिल्लो समयमा बलिवुडले ऋषि कपुर, इरफान खान र वाजिद खान जस्ता तीन प्रशिद्ध हस्तीहरु गुमाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू