शुक्रबार, असोज ४, २०८१
07:45
|
१२:३०
भारतमा लकडाउनका बेला रेलबाट ५२ लाख यात्रुलाई सेवा
रासस/एएनआइ
मे २९, २०२०
नयां दिल्ली । भारतमा अहिले सञ्चालन गरिएको ‘श्रमिक विषेश रेल’मार्फत् बिहीबारसम्म ५२ लाख यात्रुले यात्रा गरेका छन् । लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरुलाई सम्वन्धित ठाउँमा पुरयाउन भन्दै केही दिनदेखि भारतमा मजदुर विषेश रेल सञ्चालन गरिएको छ । यो अवधिमा बिहीबारसम्म तीन हजार ८४० ‘श्रमिक विषेश’ रेल सञ्चालन गरिएको रेल वे बोर्डका अध्यक्ष विनोद कुमार यादवले शुक्रबार जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै उनले वितेको हप्ता मात्रै २० लाखभन्दा बढी श्रमिकहरुले ‘श्रमिक विषेश’ रेलबाट यात्रा गरेको जानकारी दिए । श्रमिकहरुलाई उनीहरुले चाहेको प्रदेशमा लगिएको पनि उनले बताए । यही मे २० तारिखसम्म कुल २७९ ‘श्रमिक विषेश’ रेल सञ्चालन भएका थिए भने तिनीहरुलाई प्रदेश सरकारको समन्वयमा सञ्चालन गरिएको यादवले बताए । सवैभन्दा धेरै यात्रु उत्तर प्रदेशमा रहेको पनि उनले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ