शुक्रबार, वैशाख ७, २०८१
05:21 | १०:०६

आमाको हत्या गरी आत्महत्या

रासस मे २९, २०२०

विराटनगर । मोरङ, बेलबारी नगरपालिकामा एक जनाले आफ्नै आमाको हत्या गरी आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी-४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन् ।

निजको छुरा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो ।

आफ्नै घाँटी र पेटमा छुरा प्रहार गरी घाइते भएकोमा नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचारका क्रममा जीवनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू