शुक्रबार, वैशाख १४, २०८१
16:23 | २१:०८

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो

रासस-एएनआई मे २९, २०२०

नयाँ दिल्ली । भारतमा बुधबार एकै दिनमा ७ हजार ४ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ६५ हजार ७९९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

शुक्रबार जारी तथ्यांकअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ७ सय ६ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ७१ हजार १ सय ५ रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ८९ हजार ९ सय ८७ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

कोभिड-१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५९ हजार ५ सय ४६ नागरिक कोरोना भाइरस संक्रमित छन् । महाराष्ट्रपछि तमिलनाडूमा १९ हजार ३ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । दिल्लीमा १६ हजार २ सय ८१ जना कोरोना संक्रमित छन् । गुजरातमा १५ हजार ५ सय ७२ संक्रमित छन् ।

भारतमा दुई महिना भन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले ‘लकडाउन’ जारी छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउन मे ३१ सम्म जारी रहने घोषणा गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू