बिहीबार, वैशाख ६, २०८१
08:48 | १३:३३

विदेशका नेपाली फर्काउन बजेट

नेपाली लिङ्क मे २८, २०२०

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडा

काठमाडौं । सरकारले कोरोना महामारीका बेला विदेशमा अलपत्र नेपालीलाई फर्काउन बजेट छुट्याएको छ ।

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले विदेशका नेपाली फर्काउन बजेट छुट्याएको घोषणा गरे ।

विदेशबाट उद्धार गरी ल्याइएकाहरूलाई सीप प्रदान गर्ने घोषणा पनि सरकारले गरेको छ ।

साथै, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड बजेट घोषणा गरिएको  छ । जसमार्फत २ लाखलाई रोजगारी दिने लक्ष्य सरकारको छ ।

आगामी वर्ष साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सरकारले घोषणा गरेको छ । त्यस्तै ७५ हजार सीपमूलक तालिम दिनका लागि ४ अर्ब ३४ करोड बजेट पनि विनियोजन भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू