शनिबार, वैशाख ८, २०८१
03:04 | ०७:४९

कोरोनाबाट विश्वमा ३ लाख ४९ हजारको मृत्यु, ५५ लाख संक्रमित

रासस-एएनआई मे २८, २०२०

जेनेभा ।  गत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ५ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ ।

यससंगै विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ४९ हजार ९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

गत २४ घण्टामा ८४ हजार ३ सय १४ जनाको संक्रमति विश्व भरी थपिएपछि संक्रमितको संख्या ५४ लाख ८८ हजार ८ सय २५ पुगेको डब्लुएचओले जानकारी दिएको हो ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसले उत्तर र दक्षिण अमेरिकालाई अत्यन्त प्रभावित बनाएको छ । यहाँ २४ लाख ९५ हजार ९ सय २४ जना संक्रमति छन् भने १ लाख ४५ हजार ८ सय १० जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख ६१ हजार ८ सय २६ संक्रमित छन् भने १ लाख ७६ हजार २ सय २६ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १६ लाख ३४ हजार १० जनामा कोरोना भाइरस संक्रमण रहेको जनाइएको छ ।

विश्व स्वास्थ्य निकायले कोरोना भाइरसलाई गत मार्च ११ मा विश्व महामारीको नाम दिइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू