शुक्रबार, वैशाख ७, २०८१
08:29 | १३:१४

भारतमा कोरोना संक्रमितहरु डेढ लाख नाघे

रासस-एएनआई मे २७, २०२०

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट नयाँ संक्रमितको संख्या छ हजार ३ सय ८७ ले वृद्धि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार भारतमा संक्रमितको कूल संख्या एक लाख ५१ हजार ७ सय ६७ पुगेको छ ।

कोरोना संक्रमणबाट विगत २४ घण्टामा १ सय ७० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कूल मृत्यु भएका व्यक्तिको संख्या चार हजार ३ सय ३७ भएको मन्त्रालयले जनाएको छ । उपचारको क्रममा रहेकामध्ये ६४ हजार ४ सय २५ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भारतीय राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सर्वाधिक मानिस प्रभावित भएका छन् । यहाँ हालसम्म ५४ हजार ७ सय ५८ जना संक्रमित भेटिएका छन् ।

तमिलनाडुमा १७ हजार ७ सय २८ तथा गुजरातमा १४ हजार ८ सय २१ जना तथा भारतीय राजधानी नयाँदिल्ली प्रदेशमा १४ हजार ४ सय ६५ जना संक्रमित देखिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू