बिहीबार, वैशाख ६, २०८१
06:01 | १०:४६

क्राइम पेट्रोलकी प्रेक्षाद्वारा आत्महत्या

नेपाली लिङ्क मे २७, २०२०

लन्डन । क्राइम पेट्रोलकी चर्चित टेलिभिजन कलाकार प्रेक्षा मेहताले आत्महत्या गरेकी छिन् । २५ वर्षीया प्रेक्षाले सोमबार राती मध्यप्रदेशको इन्दोरस्थित बजरंग नगरमा रहेको आफ्नो घरमा आत्महत्या गरेकी हुन् ।

मंगलबार बिहान आफ्नै कोठाको पंखामा झुण्डिएको अवस्थामा भेटिएपछि उनका पिताले तत्कालै उनलाई अस्पताल लगेका थिए । तर अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरे ।

प्रेक्षा लकडाउनका कारण डिप्रेशनको शिकार बनेको हुनसक्ने अनुमान गरिएको छ । उनले ‘सुइसाइड नोट’ पनि छाडेको प्रहरीले जानकारी दिएको छ ।

उनको इन्स्टाग्राममा लेखिएको “सबसे बुरा होता हैं सपनों का मर जाना” अन्तिम पोष्टबाट उनी मानसिक रुपमा विचलित भएको अनुमान छ ।

हिरा नगर प्रहरीले यसबारेमा छानबिन गरिरहेको बताएको छ । कोरोना संक्रमणका कारण प्रेक्षा मुम्बईबाट मध्यप्रदेशको इन्दोरस्थित बजरंग नगरमा रहेको आफ्नो घरमा गएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू