शुक्रबार, वैशाख ७, २०८१
20:41 | ०१:२६

ब्राजिलमा कोरोनाबाट २३ हजारको मृत्यु

रासस-एएनआई मे २६, २०२०

ब्राजिल । ब्राजिलमा गते २४ घण्टाभित्र ११ हजारभन्दा बढी नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । योसहित ब्राजिलमा कूल संक्रमितको संख्या तीन लाख ७४ हजार ८ सय ९८ पुगेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित ब्राजिलमा कोरोनाभाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २३ हजार ४ सय ७३ पुगेको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमध्ये ब्राजिलमा सबैभन्दा बढी मानिसको संक्रमणबाट निधन भइसकेको छ ।

विश्वमै संयुक्तराज्य अमेरिकापछि कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित दोस्रो मुलुक ब्राजिल हो । अमेरिकामा कूल संक्रमितको संख्या १७ लाख नाघिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू