शनिबार, वैशाख ८, २०८१
19:44 | ००:२९

इजरायलमा नेपाली राजदूतलाई सम्मान

रासस मे २४, २०२०

काठमाडौं । इजरायलको ७२औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी छन् ।

विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ को सम्मान डा. शाक्यलाई दिइएको हो । शाक्य यो सम्मानबाट सम्मानित हुने एशियाली मुलुककै पहिलो राजदूत हुन् ।

राजदूत शाक्यले यो सम्मानलाई आफूले नेपाल र नेपालीप्रतिको सम्मानका रूपमा लिएको भन्दै यसले  नेपाल र नेपालीको शिर उच्च बनाएको बताइन् ।

कार्यक्रममा ‘द एम्बेसडर क्लब अफ इजरायल’ का अध्यक्ष इट्जाख इल्देनले यस्तो प्रतिकूल अवस्थामा पनि सबै देशका राजदूत कार्यक्रममा सहभागी भएकोमा धन्यवाद दिएका थिए ।  

केही दिनअघि मात्रै राजदूत शाक्यको पहलमा नेपाल–इजरायल चेम्बर अफ कमर्स र इजरायल चेम्बर अफ कमर्सबीच दुई देशबीच व्यापार, व्यवसाय आदानप्रदानसम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतामा  व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, ऊर्जा आदि क्षेत्रमा व्यापार, व्यवसाय गर्ने गरी सम्झौता भएको थियो ।

शाक्यले राजदूतको पदभार लिनुअघिसम्म जोर्डन र इजरायलको बीच तथा प्यालेस्टाइन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया समुद्री तटमा ‘वर्ल्ड हाइलाइट’ भनेर लेखिएको होडिङबोर्डमा सगरमाथा चीनमा रहेको गलत सूचना राखिएको थियो । पछि शाक्यको पहलमा त्यसलाई सच्याइएको थियो ।

फेरिएको होडिङबोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख छ र झण्डा नेपालको राखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू