शुक्रबार, वैशाख ७, २०८१
03:52 | ०८:३७

नेपालमा कोरोना संक्रमित पुगे ५ सय १६, शुक्रबार थपिए ५९

नेपाली लिङ्क मे २२, २०२०

काठमाडौं । शुक्रबार एकै दिन ५९ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

शुक्रबार बिहान ३०, दिउँसो २० र बेलुका ९ गरी जम्मा ५९ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लोपटक शुक्रबार साँझ बारामा ६ तथा भक्तपुर, मकवानपुर र सप्तरीमा एक-एक गरी ९ संक्रमित भेटिएका हुन् । बाराका सबै संक्रमित भारतबाट फर्किएका हुन् ।

यसअघि शुक्रबार नै दिउँसो २० जनामा संक्रमण फेला परेको थियो । सेती अस्पताल, भेरी अस्पताल र कोशी अस्पतालका प्रयोगशालामा भएका परीक्षणमा नयाँ संक्रमित भेटिएका थिए । जसमा बाँकेका १४, कैलालीका ३ तथा बैतडी, डडेल्धुरा र मोरङका एकएक जना थिए ।

त्यसअघि शुक्रबार बिहान नवलपरासी, कपिलवस्तु, चितवन र सर्लाहीका ३० जनामा संक्रमण भेटिएको थियो ।

हालसम्म देशका विभिन्न ४० जिल्लामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, अहिलेसम्म निको भएर घर फर्किने संक्रमितको संख्या ७० छ । शुक्रबार मात्रै बाँकेका २१ संक्रमित एकैपटक डिस्चार्ज भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू