शुक्रबार, वैशाख १४, २०८१
00:38 | ०५:२३

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

रासस-एएनआई मे १९, २०२०

नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यससँगै भारतमा मंगलबारसम्म कोभिड-१९ संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा सोमबार एकै दिनमा १३४ कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार १६३ पुगेको छ । संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेको छ ।  यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३९ हजार १७४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । 

कोभिड-१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँमात्र ३५ हजार ५८ नागरिक  कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाको संक्रमणबाट महाराष्ट्रमा १ हजार २४९ जनाको मृत्यु भएको छ ।  

महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा छ । त्यहाँ ११ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । गुजरातमा ११ हजार ७४५ संक्रमित छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू