बिहीबार, चैत १५, २०८०
11:46 | १७:३१

बाँकेमा थप ४७ जनामा संक्रमण

संक्रमितमध्ये अधिकांश भारतबाट फर्किएका

नेपाली लिङ्क मे १८, २०२०

काठमाडौं । बाँकेमा थप ४७ जनामा कोरानाको संक्रमण भेटिएको छ ।

सोमबार भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा संक्रमण भेटिएको हो ।

नयाँ संक्रमितमध्ये ४६ पुरुष र १ महिला छन् । उनीहरु अधिकांश भारतबाट फर्किएका हुन् ।

उनीहरु बाँकेको नरैनापुरस्थित ‘क्वारेन्टिन’ मा बसेका थिए । जहाँ कोरोना संक्रमणबाट आइतबार २५ वर्षीय युवकको मृत्यु भएको थियो ।

नरैनापुर ‘क्वारेन्टिन’ मा रहेका व्यक्तिहरुको स्वाब परीक्षण गर्ने क्रममा नयाँ संक्रमितहरु भेटिएका हुन् । उक्त ‘क्वारेन्टिन’ मा बसिरहेका थप मानिसहरुको समेत स्वाब परीक्षण हुने क्रममा रहेको बताइएको छ ।

यससंगै हालसम्म नेपालमा संक्रमितको संख्या ३ सय ५१ पुगेको छ भने संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू