शुक्रबार, वैशाख १४, २०८१
20:35 | ०१:२०

संसारभरका नेपाली कराँते खेलाडीको संस्थामा नयाँ नेतृत्व

नेपाली लिङ्क मे १८, २०२०

लन्डन । विश्वभर छरिएका नेपाल क्योकुशिन कराँतेका पूर्व खेलाडीहरुको संस्था ‘युनाइटेड नेप्लिज क्योकुशिन एडभान्समेन्ट’ को पहिलो अधिवेसन सम्पन्न भएको छ । अनलाइन कन्फरेन्समार्फत आइतबार गरिएको अधिवेसनले भिम कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष कार्की एक दशक भन्दा बढ़ी समय क्यानाडामा बस्दै आएका पुराना अन्तरराष्ट्रिय खेलाडी हुन् । आफ्नो समयका राष्ट्रिय अन्तरराष्ट्रिय रूपमा कीर्तिमानी कार्की क्योकोशिनका ५ डान हुन् ।

अधिवेसनले उपाध्यक्षमा बेलायत निवासी पूर्व अन्तरराष्ट्रिय खेलाडी सुरज कार्कीलाई चुनेको छ । उनी विश्व च्याम्पियनसिपमा तेस्रो मेडल ल्याउने कीर्तिमानसहित गोरखा दक्षिणबाहु पदकबाट विभूषित खेलाडी हुन् ।

त्यसैगरी, अर्का उपाध्यक्ष सुरज श्रेष्ठ पनि ३ डान अन्तररास्ट्रिय फाइटर हुन । अस्ट्रेलियामा बसोबास गर्दै आएका श्रेष्ठले विभिन्न कीर्तिमान सहित अन्तरराष्ट्रिय ख्याति कमाएका छन् ।

कार्यसमितिको महासचिवमा अमेरिका निवासी मोहन विस्ट र कोषाध्यक्षमा इन्द्रबहादुर मल्ल चुनिएका छन । त्यसैगरी ‘बोर्ड मेम्बर’ हरूमा बहराइनबाट धन बहादुर लामा, अष्ट्रेलियाबाट श्रीराम केसी ,बहराइनबाट ज्ञान बहादुर तमांग तथा बेल्जियमबाट सुदर्शन सिम्खडा निर्वाचित भएका छन् ।

‘युएनका’ का अनुसार क्योकुशिन कराँतेका नेपाली खेलाडी विश्वका ७२ राष्ट्रमा छरीएका छन भने हाल अधिवेसन सम्पन्न बोर्डमा १९ जनाको समिति छ । नेपाली फुल कन्ट्याक्ट कराँतेको विकास तथा खेलाडीहरुलाई उर्जा दिने उद्धेश्यले २०१९ मा ‘युएनका’ (युनाइटेड नेप्लिज क्युकोशिसन इड्भान्समेन्ट) को स्थापना भएको संस्थाका संस्थापक उपाध्यक्ष सुरज कार्कीले बताए ।

कराँतेको माध्ययमबाट एकै भएका र हाल संसारभर छरिएका क्योकुशिनका खेलाडीहरुको एक आपसको माया, सम्मान र मित्रतालाई कायम राख्दै नेपालमा वा विदेशमा यस खेलसँग सम्बन्धित खेलाडी तथा प्रशिक्षकहरुलाई सल्लाह, हौसला र सम्मान दिनु संस्थाको मुख्य उद्धेश्य रहेको बताइएको छ ।

कार्कीको पहलमा गत साता कोरोना लकडाउनसंगै भारतमा अप्ठेरोमा परेका क्योकोशिन खेलाडीलाई आर्थिक सहयोगको पहल भएको थियो । आफ्नो पालामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल खेल्न धेरै अभाव र असहयोग झेल्न परेको भएता पनि सम्भावना भएका खेलाडिलाई अवसरको खोजी र सहयोग गर्न विश्वभरबाट संघको संजाल लागि पर्ने कार्कीले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू