शनिबार, वैशाख ८, २०८१
00:20 | ०५:०५

नेतन्याहु–गान्ज गठबन्धन सरकारद्वारा सपथ

नेपाली लिङ्क मे १७, २०२०

जेरुसेलम । इजरायलमा लगभग एक वर्षको अन्तरालमा तीन पटक भएको निर्वाचनपछि पनि कुनै दललाई स्पष्ट बहुमत नमिलेपछि बनेको नयाँ गठबन्धन सरकारले आइतबार शपथ ग्रहण गरेको छ ।

अप्रिलमा इजरायलको सबैभन्दा लामो समयका लागि कार्यरत प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उहाँको दक्षिणपन्थी लिकुड पार्टीले मध्यपन्थी ब्लु एण्ड ह्वाइट पार्टीबीच गठबन्धनका लागि सहमति बनेको थियो ।

इजरायलको इतिहासमा ३५ औँ प्रधानमन्त्रीका रूपमा नेतन्याहुले शुरूका १८ महिना सरकारको नेतृत्व गर्नेछन् । बाँकी समयका लागि सैनिक पृष्ठभूमिबाट राजनीतिमा आएका गान्जले नेतृत्व गर्ने सहमति भएको छ । इजरायली राजनीतिमा सत्ता समीकरणका लागि यस किसिमको सहकार्य पहिलो प्रयोग हो ।

गत बिहीबार नै सरकारले सपथ लिने तयारी गरिएको भएपनि सत्ता समीकरणलाई लिएर लिकुड पार्टी्भित्र देखिएको आन्तरिक द्वन्द्वका कारण आइतबार मात्र सपथ कार्यक्रम सम्पन्न भउको हो ।

सरकारमा धेरै मन्त्री राखिएको भन्दै व्यापक विरोध र आलोचना भएपनि सरकारका मन्त्रीहरूले आफ्नो कार्यभार सुरू गरेका हुन् । कोरोना भाइरसका कारण सङ्कटग्रस्त अर्थतन्त्रमा धेरै मन्त्रीहरूको भार राज्यलाई बोकाइएको भन्दै आलोचकहरूले सरकार गठनदेखि नै विरोध जनाएका हुन् ।

राष्ट्रवादी नारा लिएर निर्वाचनमा गएको गान्जको दलको सरकारमा पहिलोपटक उपस्थिति छ । प्रधानमन्त्री नेतन्याहुले भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै गान्जले नेतन्याहुको व्यापक आलोचनासहित निर्वाचनमा गएपनि अहिले उनीसँगै सत्तामा जाने निर्णय लिएको भन्दै गान्जलाई पनि आलोचना गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू