आइतबार, मंसिर २३, २०८१
00:07 | ०५:५२

अफगान राष्ट्रपति र प्रतिस्पर्धी अब्दुल्लाबीच शक्ति बाँडफाँड

रासस-एएफपी मे १७, २०२०

काबुल–अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उनका प्रतिस्पर्धी नेता अब्दुल्ला अब्दुल्लाबीच शक्ति बाँडफाँडका लागि आइतबार एक सम्झौता भएको छ ।

सम्झौतापछि दुई नेताबीच लामो समयदेखि देखिएको तनावका कारण सिर्जना भएको राजनीतिक संकट अन्त्य भएको छ ।

सम्झौता अनुसार राष्ट्रपति घानीले राष्ट्रप्रमुखका रूपमा अफगानी राजनीतिको नेतृत्व र अब्दुल्लाले तालिवान समूहसँग शान्तिवार्ताको नेतृत्व गर्नेछन् । सरकारमा ५० प्रतिशत मन्त्रीसहित प्रान्तीय गभर्नर अब्दुल्लाको जिम्मेवारीमा परेको छ ।

“डाक्टर अब्दुल्लाले राष्ट्रिय मेलमिलाप उच्च आयोगको नेतृत्व गर्नुहुनेछ भने उहाँको समूहलाई मन्त्रीपरिषद्मा समावेश गरिनेछ,” घानीका प्रवक्ता सेदिक सेद्धिकीले आफ्नो ट्वीटरमार्फत सम्झौताबारे जानकारी गराएका छन् ।

आइतबार सम्झौतामा हस्ताक्षर भएको बिषयलाई फ्राइदून खावजूनले पुष्टि गरे ।

दुई प्रभावशाली नेताबीचको सहमतिपछि अफगानिस्तानमा तालिवानी समूहसँग शान्तिवार्ता अघि बढ्ने र कोरोनाभाइरसको सङ्क्रमण विस्तारलाई नियन्त्रणका लागि ध्यान केन्द्रित गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू