बुधबार, चैत ५, २०८१
गुल्मीमा विष सेवनबाट ४ वर्षीय बालकको मृत्यु


नेपाली लिङ्क
मे १४, २०२०
गुल्मी । विष सेवन गर्दा गुल्मीको धुर्कोट गाउँपालिकामा विहीबार एक बालकको मृत्यु भएको छ ।
धुर्कोट – ४ जैसीथोकका चार वर्षीय प्रशान्त पोख्रेलको दिउँसो विष सेवनवाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।
आमा बाहिर काममा गएका समयमा हजुरआमासँगै घरमा बसेका उनले घर बाहिर खेल्दै जाने क्रममा भाँडा माझ्ने ठाउँमा जुम्रा मार्नका लागि राखिएको विष खाएको प्रहरी निरीक्षक रावलले बताए ।
विष सेवनवाट बेहोश बालकको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५