शनिबार, वैशाख १५, २०८१
05:45 | १०:३०

नेपालमा थप दुईमा संक्रमण भेटियो

संक्रमित २ सय १९ पुगे

रासस मे १३, २०२०

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बुधबार दुई जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज-८ का ३६ वर्षीय पुरुषमा संक्रमण भएको पाइएको बताए ।

यसैगरी, उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका-५ का २२ वर्षीया पुरुषमा संक्रमण देखिएको हो ।

योसँगै संक्रमितको संख्या २ सय १९ पुगेको छ । मंगलबार मात्र नेपालमा एकैपटक ८३ जनामा संक्रमण देखिएको थियो ।

मन्त्रालयका सह-प्रवक्ता डा अधिकारीका अनुसार दुवै संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू