बिहीबार, मंसिर २०, २०८१
16:47
|
२२:३२
छिमेकी देशबाट फिर्ता भएका १० हजार थाई नागरिक क्वारेन्टाइनमा
रासस/सिन्हवा
मे १२, २०२०
३० बैशाख — छिमेकी देशहरुबाट फर्केका करिब १० हजार थाई नागरिकलाई तत्काल क्वारेन्टाइनमा राखिएको एक सरकारी अधिकारीले मंगलबार जानकारी दिएका छन् । थाईल्याण्डका सीमा क्षेत्रहरुमा गत अप्रिल १८ देखि अड्किएका १० हजार २९८ व्यक्ति फर्किएका सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।
कामको शिलशिलामा छिमेकी देश पुगेका र हाल कोभिड–१९ को कारण स्वदेश फर्केका ती थाई नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राखिएको हो । स्वदेश फर्किएका ती नागरिकहरुमा मलेसियाबाट ८ हजार ९१२, म्यानमारबाट ६९१, लाओसबाट ३९९ क्याम्बोडियाबाट २९६ जना रहेका छन् ।
गत महिनाको शुरुमा थाईल्याण्डको सीमा क्षेत्रमा नरहेका देशहरुबाट पनि ६ हजार ७०० थाई नागरिक स्वदेश फर्किएका छन् । यी सवैलाई पनि १४ दिनको क्वारेन्टाइनमा राखिएको थियो । थाईल्याण्डका कोरोना भाइरसको कारण ३ हजार १७ जनामा संक्रमित रहेका छन् । यस प्रकोपका कारण ५६ को मृत्यु भएको छ भने २ हजार ७९८ निको भएर फर्किएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५