शनिबार, वैशाख १५, २०८१
01:18 | ०६:०३

नेपालमा एकैदिन २४ संक्रमित थपिए

कुल संक्रमित संख्या १ सय ३४

रासस मे ११, २०२०

काठमाडौँ । नेपालमा सोमबार एकैदिन २४ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।

यससंगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या १ सय ३४ पुगेको छ । पछिल्लोपटक सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृति गाउँपालिका– ६ का छ जना र बर्दियाको राजापुर–५ का एक जना छन् ।

संक्रमितमध्ये १२ पुरुष र एक महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित ११ देखि ४० वर्ष उमेर समूहका छन् ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि नै सोमबार बिहान १० र दिउँसो एक जनामा गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू