शुक्रबार, चैत १६, २०८०
12:37 | १८:२२

नेपालमा १ सय ९ पुगे संक्रमित

थप ७ मा भेटियो संक्रमण

नेपाली लिङ्क मे ९, २०२०

काठमाडौं ।  नेपालमा थप ७ जनामा  कोरोना संक्रमण  भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार काठमाडौं र विराटनगरमा भएका परीक्षणबाट ७ जनामा संक्रमण पुष्टी भएको बताएको  छ ।

मन्त्रालयका अनुसार उदयपुरका  तीन, कपिलवस्तुका तीन र पर्साका एक जनामा संक्रमण भएको हो ।  

उदयपुरका  तीनै जना संक्रमित कोरोना संक्रमणको ‘हटस्पट’ भुल्केका महिला हुन् । उनीहरु  १८, ४५ र ६४ वर्षका छन् ।  

त्यस्तै, कपिलवस्तुका तीनमध्ये एक १७ र दुई १८ वर्षका किशोर छन् ।  पर्सामा संक्रमण भेटिएका ६२ वर्षका पुरुष हुन् ।  

सातै जना नयाँ संक्रमितहरुको  अवस्था सामान्य रहेको मन्त्रालयले  जनाएको छ ।  

यससंगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या  १०९ पुगेको छ । 

उनीहरुमध्ये २७ जना उपचारपछि घर फर्किसकेका छन् भने अस्पतालमै  उपचाररत अन्यको अवस्था पनि  सामान्य छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू